शनिवार, आश्विन ०७ गते, २०७४
Saturday, September 23, 2017
में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)
परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

 
प्रेस चौतारी डटकम,
 
अप्रिल ३०, न्यूयोर्क
 

विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् । नेपाल डे परेडलाई यस वर्ष पनि  न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्कले सहयोग गर्ने भएको छ ।

परेड मेनह्याटनको ३८ देखि २७ स्ट्रिट र मेडिसन एभिन्यूमा आयोजना हुने भएको छ । गत बर्ष में २२ तारिख मेनह्याटनको  ब्रोड वे अन्तर्गत  २९ र १७ स्ट्रिटमा परेडको आयोजना गरिएको थियो । 

बुद्ध जयन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको परेडमा अघिल्लो बर्ष छुटेका बिभिन्न सामाजिक संघ/संगठनहरुलाई पनि आयोजक समितिमा आवद्ध गरिएको छ । “अघिल्लो बर्ष आयोजक समितिमा रहेका केहि संघ/संगठनहरुलाई आवद्ध नगराउनुमा के कारण हो त ?” भन्ने पत्रकारहरुको जिज्ञाशामा राजनैतिक दलका कारण विखण्डित बन्दै गएको नेपाली डायस्पोरा र समाजलाई स्वच्छ र एकिकृत ढंगले प्रवासमा अघि बढ्नु पर्ने र राजनैतिक दलका भातृ संघ/संगठनहरुलाई सम्मानित रुपमा आतिथ्य गराउने परेडका कन्भेनर मंगल दास श्रेष्ठले बताए । 

परेडका लागि ११ सदस्यीय स्टेरिङ्ग कमिटि र ७ उप-समितिहरुको गठन समेत गरिको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । परेडको लागि २० देखि २५ हजार अमेरिकी डलर खर्च हुने आयोजकले बताएको छ | आवश्यक खर्चको लागि अघिल्लो बर्ष संकलित रकम मध्येबाट बचेको ९ हजार डलर र अन्य रकमको लागि प्रायोजकहरुबाट संकलन गर्ने कार्यक्रम रहेको कन्भेनर श्रेष्ठले प्रेसचौतारी डटकमलाई बताए 

 
के-के हुँदैछ परेडमा ?
 
मध्यन्ह् १२ बजेबाट आरम्भ हुने परेड ३८ स्ट्रिट र मेडिसन एभिन्युबाट शूरु आयोजक पक्षले जनाएको छ । परेडमा बिभिन्न सामाजिक संघ/संस्थाहरुको अगुवाईमा विविध् मौंलिक एवं जातिय पहिचान झल्किने भाँकी तथार्याली  प्रर्दशन गरिने कार्यक्रम रहेको छ । “सहभागीहरुले नेपाल र नेपालीको परिचय झल्कने तुल, ब्यानर र प्लेकार्ड सहित बिभिन्न गीत र सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै परेड ३८ स्ट्रिटबाट २७ स्ट्रिटसम्म पुग्नेछन्” कार्यक्रम बारे कन्भेनर मंगल दास श्रेष्ठ भन्छन् “परेडमा सहभागीहरु मेडिसन एभिन्यु अन्र्तगत २७ स्ट्रिटमा जम्मा भएसँगै बिभिन्न कलाकारहरुले दुई घण्टा समयावधीमा विविध् सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् ।” सांस्कृतिक कार्यक्रम पश्चात् सोहि स्थानमा परेडको समापन गरिने कार्यक्रम रहेको छ ।

“गतसाल झैँ  यसबर्ष पनि नेपालको धार्मिक, सांस्कृतिक एवं पर्यटकियस्थल झल्कने व्यानरसहितको फ्लोट (ट्रक) राखिने छ ।” अघिल्लो बर्षका परेड कन्भेनर लुईसाङ वाईवा तामाङ भन्छन् -“गत बर्षको अनुभवले धेरै कुरा सिकाएको छ, यसपालीको परेड निश्चित् रुपमा व्यबस्थीत र आकर्षक हुनेछ ।”



को–को छन् कमिटीमा ?
यसैबीच दोस्रो नेपाल डे परेड-२०१७ सम्पन्न गर्नको लागि ११ सदस्यीय स्टेरिङ्ग कमिटि र ७ उप-समिति गठन गरिएकोछ । स्टेरिङ्ग कमिटी र गठित उप-समितिहरुको नामावली यसप्रकार रहेको छ ।

कन्भेनर, नेपाल डे परेड-२०१७
मंगल दास श्रेष्ठ          

सदस्यहरु:
रविकिरण कोइराला 
उर्गेन शेर्पा 
अमित शाह 
सुमन बुढामगर 
संगीनी रानामगर 
भोजराज थोकर
सृजना स्याङदान 
कुन्ती थापा 
विजया सिम्खडा 
गीता पन्थ 

उप–समितिहरुः
आर्थिक समिति : रविकिरण कोइराला
झाँकी समिति : डम्बर जंग गुरुङ
स्वयम् सेवक समिति : राजकुमार विष्ट
र्याली  ब्यावस्थापन समिति : मणी बाङ्देल
सांस्कृतिक समिति : सुमन बुढामगर, सृजना स्याङ्दान र अभय ढुङ्गेल
सरसफाई समिति : लुईसाङ वाईबा तामाङ
प्रचार/प्रसार समिति : गीता पन्थ

कुन-कुन संस्था छन् त परेडका आयोजकहरु ?

यस बर्षको परेडका आयोजक संस्थाहरुको संख्या गतसालको भन्दा बढि रहने भएको छ । हालसम्म न्यूयोर्क र अन्य राज्यमा क्रियाशील बिभिन्न ४० नेपाली सामाजिक संघ/संस्थाहरु परेडको आयोजक संस्था रहेकाछन् । यद्यपी यो संख्या अझै  बढ्ने आयोजक पक्षले जानकारी गराएको छ । गतसाल २४ वटा संस्थाहरुको संयुक्त आयोजनामा परेडको आयोजना गरिएको थियो ।

नेपाल डे परेड-२०१७ का आयोजक संस्थाहरुको नामावली यसप्रकार रहेको छ ।
१) नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)
२) नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिका
३) गैर आवासीय नेपाली संघ, न्यूयोर्क च्याप्टर
४) युनाईटेड शेर्पा एशोसियसन, युएसए
५) रिज्उड नेपाली समाज,
६) तामाङ सोसाईटी अफ अमेरिका
७) गुरुङ (तमु) सोसाईटी, युएसए
८) ग्यालसुन्दो सेवा संस्था, युएसए
९) किरात राई सोसाईटी अफ अमेरिका
१०) मगर एशोसियसन अफ अमेरिका
११) वलुङ कम्युनिटी अफ नर्थ अमेरिका
१२) न्यूयोर्क नेवाः गुठी
१३) मुस्ताङ्ग किदुग, युएसए
१४) ह्योल्मो सोसाईटी अफ अमेरिका
१५) मनाङ्ग समाज, अमेरिका
१६) तमु परिवार, न्यूयोर्क
१७) सुनुवार सोसाईटी अफ अमेरिका
१८) युनाईटेड मुगुम अर्गनाईजेसन
१९) नुप्री एशोसियसन, युएसए
२०) ढोकप्या किदुग, युएसए
२१) लङ्ग आईल्याण्ड नेप्लिज सोसाईटी
२२) न्यूजर्सी नेपाली कम्युनिटी
२३) सन्नीसाईड नेप्लिज कम्युनिटी
२४) बाल्टीमोर एशोसियसन अफ नेप्लिज ईन अमेरिका
२५) एशोसियसन अफ नेप्लिज फिजिसियनस् ईन अमेरिका
२६) भोजपुर समाज, युएसए
२७) लायन्स क्लव अफ कुर्ईन्स, नेप्लिज
२८) लायन्स क्लव अफ कुईन्स, बुद्ध
२९) सोसाईटी अफ नेप्लिज ईन अमेरिका, कनेक्टीकट
३०) आदिवासी जनजाति महिला महासंघ, अमेरिका
३१) म्याग्दी समाज, बाल्टिमोर
३२) नेप्लिज अमेरिकन नर्स एशोसियसन
३३) नेप्लिज अमेरिकन कल्चर एशोसियसन
३४) नेप्लिज अमेरिकन सोसाईटी अफ ओप्रेस्ड कम्युनिटी
३५) वुमन फर कज, न्यूजर्सी
३६) मगर एशोसियसन अफ अमेरिका, न्यूयोर्क च्याप्टर
३७) किरात याक्थुङ चुम्लुङ, अमेरिका
३८) हिमालयन बुद्धिष्ट कम्युनिटी ईन अमेरिका
३९) अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टर

राजनीतिक दलका भातृ संगठनहरु किन आयोजक बाहिर ?
साढे ३ दर्जन भन्दा बढि परेड आयोजक संस्था र आयोजकले उक्त संख्या बढ्ने दाबी गर्दै आए पनि गत सालका केहि संस्थाहरु आयोजकको सूची बाहिर रहेकाछन् । सूचीमा नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति, अमेरिका र एमाले निकट प्रवासी नेपाली मञ्च, अमेरिका परेड आयोजकमा दोहोरिएका छैनन् । 

प्रवासमा राजनैतिक दलका कारण विखण्डित बन्दै गएको नेपाली डायस्पोरा र समाजलाई स्वच्छ र एकिकृत ढंगले अघि बढ्दै जानु पर्ने पर्ने आवश्यकतालाई मध्येनजर गर्दै राजनैतिक दलका भातृ संघ/संगठनहरुलाई आयोजक संस्थाको रुपमा नसमेटेर सम्मानित रुपले परेडमा आतिथ्यता गर्न/गराउने आयोजकको दाबी रहेको छ । यसैबीच अघिल्लो बर्षका परेड आयोजक संस्था मध्येका प्रवासी नेपाली मञ्च, अमेरिकाका निवर्तमान अध्यक्ष सञ्जय थापाले आफुहरुलाई थाहै नदिई परेडको आयोजना गर्न लागेकोमा दुःख व्यक्त गर्दै फेसबुक मार्फत आन्तरिक हिसाब किताब सार्वजानिक गर्न अनुरोध गरेकाछन् । 

अघिल्लो परेडको आर्थिक हिसाब किताब सार्वजानिक गरि सकिएको र आगामी परेडमा सम्बद्ध ब्यक्तिहरुलाई बिशेष आतिथ्य ग्रहणको लागि पत्रचार गरिसकिएको आयोजक पक्षले जनाएको छ । 




 


आइतवार, २०७४ बैशाख १७ गते २३:४२ / Sunday, Apr 30, 2017 11:42 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
2.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
3.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
4.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
5.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
6.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
7.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
8.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
9.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
10.   किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु
11.   में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)
12.   न्यूयोर्कमा साइली नाईटको तयारी पूरा
13.   न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक
14.   उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा
15.   में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै
16.   न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै
17.   गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक
18.   सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन
19.   अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग
20.   न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न
21.   न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)
22.   अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी
23.   जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै
24.   न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न
25.   एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान
Results 217: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.