शुक्रवार, असार ०९ गते, २०७४
Friday, June 23, 2017
विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क

काठमाडौ, असोज ५ – सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरुको तथ्याङ्कमा वैदेशिक रोजगारमा गएकामध्ये वर्षेनी एक हजारजना भन्दा धेरैले ज्यान गुमाउँछन् ।

विदेशबाट दैनिक कम्तीमा ३ वटा शव नेपाल भित्रिन्छन् । सानातिना दुर्घटनामा परी अङ्गभङ्ग भएकाहरुको त लेखाजोखा नै छैन ।
सरसर्ती हेर्दा रोजगारीमा गएका ४० लाखको हाराहारीमध्ये दैनिक ३ जनाले ज्यान गुमाउनु सामान्य देखिएपनि त्यहाँ ज्यान गुमाउने २० देखि ४५ वर्ष उमेर समूहका उत्पादनशील मानिसको मृत्युलाई हेर्दा यो अनुपात निकै दुःखलाग्दो छ । किनभने त्यो उमेर उत्पादनशील त छ नै । सँगसँगै धेरै मानिस उनीहरुकै आश्रयमा बाँचेका हुन्छन्, नेपालमा ।  

तथ्याङ्क अनुसार विदेशमा ज्यान गुमाउने धेरैजसो नेपाली सडक दुर्घटनामा परेका छन् । विदेशको ट्राफिक सम्बन्धी ज्ञान नहुँदा नेपाली कामदारले अङ्गभङ्ग हुनेदेखि ज्यान समेत गुमाउनुपरेको छ ।

त्यस्तै, कलकारखानाको अत्याधुनिक मेशिन चलाउने भेउ नपाउँदा र निर्माणका अप्ठ्यारा कामले पनि नेपाली कामदार जोखिममा छन् । अनि नेपालसँग मिल्दोजुल्दो हावापानी नहुँदा त्यो पनि नेपालीको ज्यान जाने अर्को कारण देखिएको छ ।

कतिले त आत्महत्या गरेका छन् । विदेशमा ज्यान गुमाउने १० देखि २० प्रतिशत नेपालीले आत्महत्या गर्छन् । त्यसैले विदेश जाँदा मानसिक रुपमा तयार भएर मात्रै जानुपर्छ । भैपरी आउने समस्या बुझेर जानुपर्छ ।
अधिकारकर्मी जेपी सापकोटा विदेश जाने कामदार स्वयंले पनि त्यस्ता दुर्घटना निम्त्याइरहेको बताउनुहुन्छ । ‘सेफ्टीका रुलहरु अपनाउँदैनौ हामी । यतिकै चलिहाल्छ नि भनेर त्यत्तिकै बस्छौं । अनि जब काममा पुग्छौं काममा पुगेपछि कहिलेकाहीं आफ्नै साथीले पनि हामीमाथि हेलचेक्र्याँई गरेका हुन्छन्’ उहाँले भन्नुभयो ।  

सरकारले के गर्दैछ ?
विदेश जाने धेरै नेपालीले गर्ने काम  3D अर्थात Dirty, Dangerous & Difficult क्षेत्रमा हो । स्वभावैले यस्ता क्षेत्रमा काम गर्दा दुर्घटनाको जोखिम धेरै हुन्छ । विदेशमा रोजगार गरिरहेका नेपाली श्रमिक दुर्घटनामा पर्ने र ज्यानै गुमाउने क्रम बढेपछि पछिल्लो समय सरकारले अभिमुखीकरण तालिम अनिवार्य गरेको छ ।

अभिमुखीकरण तालिममार्फत विदेश जाने कामदारलाई विदेशको चालचलन, नीति, नियम, धर्म, संस्कृति, हावापानी तथा रहनसहन सम्बन्धी जानकारी दिइन्छ । यस्ता तालिम दिने संस्था पनि प्रशस्तै खुलेका छन् । तर पनि दुर्घटना र ज्यान गुमाउनेको संख्या अझै पनि कम हुन सकेको छैन ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्का अभिमुखीकरण अनिवार्य गरेता पनि दुर्घटनाबाट बच्न वैदेशिक रोजगारमा जाने कामदार आफैं सचेत हुनुपर्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ ‘त्यहाँ गएर मरिन्छ, ज्यानभन्दा ठूलो कुरा केही होइन भन्ने कुरा बुझ्नुपर्छ । सोचेजस्तो त्यहाँ छैन भन्ने कुरा पनि र अपहत्ते गरेर मरिहत्ते गर्नुको कुनै अर्थ हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । त्यहाँ गएर सेफ्टी रुलहरु फलो गर्नुपर्छ ।’

अभिमुखीकरण प्रमाणपत्र किनबेच  
सरकारले अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गरेसँगै बेथिति पनि बढेको छ । धेरै नेपाली कामदार अभिमुखीकरण तालिम नलिई नक्कली प्रमाणपत्र पेश गरेर विदेश जान्छन् । त्यसो गर्न वैदेशिक रोजगार व्यवसायी र दलालले सघाउँछन् उनीहरुलाई ।
तर कामदार स्वयंका लागि भने त्यो कुरा आफ्नै खुट्टामा वञ्चरो हान्नु जस्तै हो । त्यसका सरकारले पनि कडाईका साथ अनुगमन गर्न जरुरी छ । नक्कली प्रमाणपत्रका आधारमा विदेश पठाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ।

जबसम्म विदेश जाने कामदारलाई सबैकुरा तिमी आफू हौ भन्ने कुरा बुझाउन सकिँदैन्, दुर्घटनाको क्रम चलिरहन्छ । त्यसैले आफू बाँच्नलाई जे गर्नुपर्छ, त्यै कुरा सिकाउन अभिमुखीकरण वा सञ्चारमाध्यमबाट सुसूचित गर्न गराउनुपर्छ ।

त्यसका लागि अभिमुखीकरण तालिममा सिकाउन र विगतका अनुभव बाँड्न सक्नुपर्छ भन्नुहुन्छ, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्का । उहाँ भन्नुहुन्छ, ‘सम्बन्धित देशका लागि अभिमुखीकरण तालिम दिने व्यक्ति र अन्य सामाजिक परिपाटी जानेको व्यक्तिमार्फत यहाँबाट जानेहरुलाई सिकाउन सकियो भने अझ प्रभावकारी हुन्छ । यसले गर्दा दुर्घटना न्यूनीकरण हुँदै पनि आएको छ ।’  
भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन । तर, आफू होसियार भइयो भने भैपरी आउने विपत्ति, दुर्घटना र काललाई टार्न भने सकिन्छ । त्यसका लागि विदेश जानु अघि नै त्यहाँको सडक नियम, हावापानी, वातावरण, धर्म संस्कृति, गर्नुपर्ने काम बुझ्नुपर्छ । सबै विषयमा आफू मानसिक रुपमा तयार भएपछि मात्र विदेश उड्नु बुद्धिमानी हुन्छ ।

-रीतु थेबे/उज्यालो


आइतवार, २०७० आश्विन ०५ गते ०१:५१ / Sunday, Sep 22, 2013 1:51 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: इतिहास
1.   कम्पनी मोहर
2.   ६२ जिल्लामा टेलिकमको इभिडिओ
3.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
4.   स्वस्थ मासु र रमाइलो दसैं
5.   विजयादशमिको पहिलो दिन घटस्थापना
6.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
7.   नर्बेमा मध्यरातमा घाम ?
8.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
9.   इन्टरनेटबाट मितेरी साइनो
10.   वाह् सेक्स टोय
11.   अञ्जूको वियोगान्त कथा
12.   कतारमा मल अफ एसिया
भर्खरै

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.