बुधवार, श्रावण ११ गते, २०७४
Wednesday, July 26, 2017
फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैनन - वाईवा

 
नेपालको आदिवासी जनजाति आन्दोलनमा दुई दशक लामो अनुभव सँगालेका लुईसाङ वाइवा तामाङ नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको भर्खरै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुन: अध्यक्षमा निर्वाचित भएका छन् । ‘अन्तर्राष्ट्रिय मामिलामा’मा सिटी युनिभर्सिटी अफ न्युयोर्क, अमेरिकाबाट स्नातकोत्तर गरेका तामाङले त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेशामा संग्लग्न थिए । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष समेत भइसकेका तामाङ उदयपुर जिल्लामा  जन्मेका हुन् भने सन् २००९ मा संयुक्त राज्य अमेरिका आएका हुन्  ! उनी नेपालको संविधानमा आदिवासी जनजाति, मधेसी, दलित र अन्य सीमान्तकृत वर्गको न्यायोचित सम्बोधन गराउन प्रवासबाट नैतिक दबाब दिन गठित ‘सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन् नेपाल’ नामक मोर्चाको संयोजकसमेत हुन् । आदिवासी जनजाति तथा सीमान्तकृत वर्गका मुद्दामा प्रस्ट अडान राख्नुहुने तामाङसँग प्रेसचौतारी डटकमसंगले गरेको कुराकानीको सार: 


नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुन: दोश्रो कार्यकालको लागि निर्वाचित हुनु भएकोमा बधाई छ यहाँलाई 

 
यहाँलाई पनि धन्यवाद  अनि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु, महासंघका सदस्य संस्थाका प्रमुखहरु र शुभचिन्तकहरुलाई मेरो दोश्रो कार्यकालको लागि विश्वास गरिदिनु भएकोमा यहाँको पत्रिका मार्फत धन्यवाद भन्न चाहन्छु 

 
महासंघमा एक कार्यकाल अध्यक्ष भइसकेकाले दोश्रो कार्यकालकोलागि प्रतिस्पर्धा गर्न मिल्दैन भन्ने बजार हल्ला छ नि, तपाईको धारणा के छ 
 
मेरो धारणा के छ भन्ने भन्दा पनि महासंघको विधानले के भन्छ भनेर बुझ्नु राम्रो हुन्छ  महासंघको विधान (संशोधित २०१३) को धारा ३६ अनुसार कुनै पनि बहालवाला अध्यक्षले दोश्रो कार्यकालको लागि पुन:अध्यक्षको प्रत्याशी बन्नको लागि बहुमत सदस्य संस्थाहरुबाट सहमती ल्याएको खण्डमा निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्नेछ भनेर उल्लेख गरिएको छ | त्यसैको आधारमा दोश्रो कार्यकालको लागि म प्रत्याशी भएँ र साथीहरुको सहयोग र विश्वासमा निर्वाचित पनि भएँ  त्यसैले बजारी हल्लामा आफ्नो धारणा बनाउनु भन्दा महासंघको विधान पढेर बुझेर विषय बस्तुमा बहस गर्ने बानी हामी सबैले बनाउनु पर्छ  

 
त्यसो भने महासंघको विधान नै नपढेकाहरुले यो बजारी हल्ला गरेका हुन् भन्ने हो त 
यसबारेमा दुईवटा पाटाहरु छन्  पहिलो, महासंघभित्र चलखेल गर्न खोज्ने बाहिरी गिरोहहरुले यो हल्ला मच्चाएक हुन्  त्यो गिरोहलाई थाहा थियो विधानमा के छ भनेर तर उनीहरुले शब्दसँग खेल्ने दुस्प्रयास गरे र केही हदसम्म सफल पनि भए  दोश्रो, हाम्रा केही महाधिवेशन प्रतिनिधि साथीहरु महासंघको विधान नै नपल्टाई ती गिरोहहरुको बजारी हल्लामा फस्नु भयो  तर अन्त्यमा जब प्रतिनिधि साथीहरुको जिज्ञाशामा निर्वाचन आयोगले प्रष्ट्याईसकेपछि यथार्थ थाहा पाउनु भयो अनि ती बाहिरी गिरोह जसले महासंघलाई ध्वस्त गर्ने अभिष्ट पालेका थिए उनीहरु स्वयम् ध्वस्त भएँ  

 
को हुन् ती बाहिरी गिरोह, जसले महासंघ माथि धावा बोल्यो 
 
ती यस्ता गिरोह हुन् जसले महासंघ मात्र हैन कुनै पनि नेपाली संघसंस्थाको भलो चिताउदैनन्  हाम्रा आदिवासी जनजाति साथीहरुले समयमै त्यो गिरोहको पहिचान गरेर महासंघलाई ध्वस्त हुनबाट जोगाउनु भयो  यस अर्थमा म हाम्रा साथीहरुबाट खुशी छु र सम्मान गर्दछु कि वहारुले उचित समयमा उचित निर्णय गर्नसक्नु भयो  मलाई लाग्छ अब त्यो गिरोहले महासंघमा फेरि घुसपैठ गर्ने दुष्साहस गर्ने छैन 


 

 
प्रवासमा त्यो पनि सामाजिक सेवाकोलागि दोश्रो कार्यकालकोलागि प्रतिस्पर्धा गर्दा पदलोलुपत्ता जस्तो देखिन्छ नि  किन निर्णय गर्नु भयो दोश्रो कार्यकालको नेतृत्व लिन ?
 
पक्कै पनि प्रवासको जीवन जटिल र कष्टकर छ  यधपी हामी सामाजिक अभियानमा संग्लग्न छौ आफ्ना ज्ञान,शिप र अनुभव बाढेर सामाजिक रुपान्तरणकोलागि केही योगदान पुर्याउन सकिन्छ कि भनेर  विशेष गरेर आदिवासी जनजाति आन्दोलनलाई वैचारिक रुपमा संस्थागत गर्न मेरा शुभचिन्तक साथीहरुको अनुरोधमा मैले दोश्रो कार्यकालकोलागि पहल गरेको थिए  शुरुमा मैले पनि नेतृत्व हस्तान्तरणको लागि सोच बनाएको थिएँ र त्यसै अनुसार साथीहरुसँग सल्लाह पनि गरें तर साथीहरुको अनुरोधलाई टार्न नसकेको कारण र पछिल्लो परिस्थतिमा महासंघको मान मर्दन गर्न एक खालको भूमिगत गिरोह नै लागी परेको देखेपछि मैले महासंघ ध्वस्त हुदै गरेको देख्न सक्ने कुरा रहेन  यसैकारण पनि मैले फेरि नेतृत्वको दाबी गर्नु पर्यो  यो निर्णय मेरो लागि नभएर महासंघको गरिमा र प्रतिष्ठासँग जोडिएकोले सोहि बमोजिम गर्नु परेको थियो  अब आफै भन्नुस् पद्लोलुपत्ता हो कि संस्थाप्रतिको आस्था र इमान्दारिता हो    

 
निर्वाचन आयोगले निस्पक्षता कायम गर्न सक्नु भएन भन्ने आरोप छ नि १ तपाई के भन्नु हुन्छ         
 
महासंघको स्थापनाकालदेखिका कानूनी सल्लाहकार र वरिष्ठ कानुनविद रमेश कुमार श्रेष्ठ, अर्का पत्रकार प्रदीप थापा मगर र  कवयित्री मनु लोहोरुंग राई सहितको समाजका अगुवाहरु संग्लग्न निर्वाचन आयोगले निस्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सफल हुनु भएको छ  महासंघको इतिहासमै पहिलो पटक महाधिवेशन प्रतिनिधिहरुले आफ्नो परिचय पत्र (State ID) देखाएर मत खसाल्नु भएको छ  हामीले निर्वाचन आयोगलाई हृदय देखि नै धन्यवाद दिनु पर्ने ठाउमा निस्पक्षताको प्रश्न तेर्साउनु भनेको हामीले आफ्नो स्वयम् अबमुल्यन गर्नु हो  आफ्ना कमी कमजोरीलाई ढाक्न अरुलाई दोष देखाउनु सामान्यतया नेपालीहरुको राष्ट्रिय चरित्र जस्तो नै भइसकेको छ  यसरी हामी अगाडी बढ्न सक्दैनौ  आफ्ना कमजोरीहरुबाट भोलिको  लागि सिकौ  आफ्ना कमजोरी लुकाएर बाटो बिराउने काम कसैबाट हुनु हुदैन बाटो बिराएकाहरु सम्पूर्णले आत्मालोचना गर्दै महासंघलाई एक्ताबद्दा र शशक्त बनाउने अभियानमा हातेमालो गर्न अनुरोध गर्दछु            
                                         
 
भनिन्छ महासंघले सधै विरोधको राजनीति मात्र गर्यो भनेर रु के यो सत्य हो 
 
यो तपाईको हेर्ने दृष्टिकोणमा भर पर्दछ  नेपाली डायसपारामा महासंघलाई सामान्यतया गलत विश्लेषण गरिएको मैले पाएको छु  हामीलाई भन्ने गरिन्छ कि हामी जातिय मुद्धा उठाएर साम्प्रदायिक राजनीति गर्दैछौ जुन सोर्है आना गलत छ  हामीलाई कहाँनेर बुझिएन भने हामी नागरिक अधिकारको आन्दोलनमा छौ भनेर  हामी मानव अधिकारको कुरा गर्दैछौ  आदिवासी जनजाति तथा अन्य सिमान्तकृत समुदायको अधिकार पक्षपोषणकोलागि हाम्रो अभियान हो  हाम्रो आन्दोलन समानताको लागि हो  के सामाजिक समानताको लागि अभियान छेड्नु बिरोधको राजनीति हो रु सामाजिक समानताको लागि वकालत गर्नु, सरकारलाई सचेत गराउनु र जनतामा चेतना जगाउनु साम्प्रदायिक परिभाषा भित्र पर्छ रु एउटा कुरा सत्य हो कि महासंघ कुनै राजनीतिक दलसँग आबद्द छैन त्यसैले हामी कसैको जयजयकार गर्न सक्दैनौ  हामी आदिवासी जनजातिको अधिकारको कुरा गर्छौ त्यसैले प्रत्येक सरकारलाई खबरदारी गर्छौ  सरकारलाई सचेत गराउनु या खबरदारी गराउनुलाई नै विरोधको राजनीति भन्नु हुन्छ भने हामी त्यो मान्न सक्दैनौ  न्यु योर्कमा केन्द्रित एउटा संचार गृहले महासंघको एक दशक विरोधको राजनीतिमै गयो भनेर एउटा भ्रमपूर्ण मनोगत आलेख भर्खरै छापेको भेटें ! यस्ता भ्रमबाट मुक्त रहन सबैमा आग्रह गर्दछु !

 
अबको दुई बर्षमा महासंघको के कस्तो कार्यक्रम आउने छ ?
 
मैले भन्ने गरेको छु कि मेरो दोश्रो कार्यकाल आदिवासी जनजाति आन्दोलनलाई वैचारिक रुपमा संस्थागत गर्नको लागि हो  प्रमुख रुपमा अबको दुई वर्ष यसैमा खर्चिने छु  साथै, महासंघको संगठन सुद्रीढिकरण र संगठन विस्तार पनि प्राथमिकतामा रहनेछ आप्रवासीहरुको सरोकारका विषयबस्तुलाई समेत महासंघले यस पटक देखि स्थानीय कार्यक्रमको रुपमा ल्याउने छ        

प्रस्तुति: एलुंग 

 


मंगलवार, २०७२ पुस ०६ गते ०३:५७ / Tuesday, Dec 22, 2015 3:57 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: आदिवासी/जनजाति
1.   यस कारण मनाउँछन गुरुङहरु 'तमु ल्होसार'
2.   फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैनन - वाईवा
3.   हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी
4.   सङ्घीय समाजवादी फोरम, नेपाल : घोषणा पत्र
5.   सँगसँगै लड्ने कि दनक खाने ?
6.   डिसेम्बर ३१ मा सुम्निमा साँझ-६
7.   न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन
8.   न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न
9.   न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम
10.   न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य
11.   न्युयोर्कमा खड्ग गर्बुजा सांगीतिक साँझ
12.   आदिवासी फिल्म महोत्सवमा ४८ फिल्म
13.   केआरएसएद्धारा न्युयोर्कमा भव्य उभौंली
14.   सहमतिमा जोड दिनाले संविधान जारी भएन– उप–प्रधानमन्त्री सिंह
15.   उभौलीको अवसरमा चिन्डो चिन्तन
16.   न्यूयोर्कमा डा.लावतीसँग अन्तर्क्रिया
17.   राष्ट्र संघको युथ एसेम्ब्लीमा फिफ्ना युथ
18.   फिपना द्वारा शुभकामना आदान-प्रदान
19.   महागुरु फाल्गुनन्दको १२९ औं जन्मजयन्ती
20.   ओमानमा नेपाली दुतावासको उदघाटन
21.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
22.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
23.   साउदीमा धरपकड शुरु
24.   मलेसियाको भिषा शुल्क बढ्यो
25.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
Results 46: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.