मंगलवार, कार्तिक ०६ गते, २०७५
Tuesday, October 23, 2018
लाजमर्दो विकास खर्च

दसवर्षे माओवादी 'जनयुद्ध' का क्रममा मुलुकका थुप्रै पूर्वाधार नष्ट भए। गत वैशाखको शक्तिशाली भूकम्पले करिब ७ खर्बको भौतिक सम्पत्ति नष्ट भयो। लामो समयदेखिको तराई–मधेसको आन्दोलन र भारत सरकारले गरेको नाकाबन्दीले पारेको भौतिक नोक्सानीको हिसाबकिताब सरकारले गर्दै होला। 

भौतिक नोक्सानीका यी केही प्रतिनिधि घटना मात्र हुन्। यसबाट त्राण पाउने मुख्य उपाय जतिसक्यो विकास खर्च बढी गर्नु नै हो। तर, दुर्भाग्य आर्थिक वर्ष २०७२/७३ को पहिलो ५ महिनामा मासिक विकास खर्च एक प्रतिशत मात्र हुन सकेको छ। चालु आवमा सरकारले २ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चको व्यवस्था बजेटमा गरेको थियो। तर, मंसिरको चौथो सातासम्ममा विकास खर्च जम्माजम्मी ४.८ प्रतिशत मात्रै भएको छ।


नेपालमा विकास खर्च नहुनु नयाँ रोग भने होइन। विशेष गरी माओवादी 'जनयुद्ध' सुरु भएदेखि नै यस्तो खर्चमा गिरावट आएको हो। सशस्त्र द्वन्द्वका कारण सडक, पुल, विमानस्थल, जलस्रोत आयोजना लगायतका ठूला निर्माण कार्य हुन कठिनाइ पर्योस। तर, त्यसपछिको समयमा पनि विकास निर्माणका काम हुन सकेनन्। द्वन्द्वकालमा भत्काइएका संरचनाको पुनर्निर्माणसमेतमा उदासीनता देखियो। असहज अवस्थामा झनै बढी काम गरेर जनताका सुविधा वृद्धि गर्नुपर्नेमा अवस्था उल्टो भएको छ।

बजेट निर्माण गर्ने समयमा हरेक वर्ष विकासे मन्त्रालयले बढी रकम छुट्ट्याउन दबाब दिन्छन्। विभिन्न योजना प्रस्तुत गर्छन्, तर कार्यान्वयनमा भने सधैं विफल बन्दै आएका छन्। यसले कर्मचारीतन्त्र देश र जनताप्रति वफादार हुन नसकेको स्पष्ट हुन्छ। गत वैशाखको भूकम्पपछि मुलुकमा झनै बढी विकासका कार्यक्रम हुनुपर्ने थियो। तर, दुर्भाग्य सोही भूकम्पको २ महिनापछि सुरु भएको नयाँ आवको विकास खर्चको अवस्था सर्वाधिक कमजोर हुन पुगेको छ। पूर्वाधार विकासको जिम्मा लिएका भौतिक योजना, सहरी विकास, सिँचाइ, ऊर्जा, जलस्रोत, स्थानीय विकास मन्त्रालयजस्ता निकायको प्रगति विवरण लाजमर्दो देखिएको छ।

हास्यास्पद तथ्य त अझ के छ भने, विकास खर्च पटक्कै गर्न नसक्ने मन्त्रालयहरूले चालु खर्च भने मनग्य गरेका छन्। त्यसमाथि पनि वैदेशिक भ्रमणका निम्ति छुट्ट्याइएको रकम त आवको प्रथम ५ महिना पनि पूरा नहुँदै करिब सकिएको छ। न्यून पुँजीगत खर्चको असर प्रत्यक्ष रूपमा विकास निर्माणमा परेको देखिए पनि यसले पार्ने असर बहुआयामिक हुने गर्छ। यसले बेरोजगारी दर बढाउँछ भने बजारमा तरलता अभाव गराउन मद्दत पनि गर्छ। सडक, पुल, जलविद्युतजस्ता ठूला विकास आयोजनामा हजारौंले रोजगारी पाउँछन्। यो सीधै सर्वसाधारण जनताको आयस्रोतसँग जोडिएको हुन्छ। निर्माण सामग्री उद्योग राम्ररी चल्न थाल्छन् भने सर्वसाधारणको क्रयशक्तिमा आएको सुधारले अन्य ससाना व्यवसाय पनि गतिशील बन्न पुग्छन्। विकास खर्च खुम्चिनाले सरकारको राजस्व घट्नुका साथै निजी क्षेत्र निष्त्रि्कय हुन पुग्छ।

केही वर्षदेखि मुलुकको अर्थतन्त्र चलायमान बनाउन विप्रेषण (रेमिट्यान्स) प्रमुख आधार बनेको छ। यसको मुख्य कारण सरकारले पुँजीगत खर्च गर्न नसक्नु नै हो। विकास निर्माणको गति बढेको हुँदो हो त स्वदेशमै रोजगारीको अवसर मिल्थ्यो। अहिलेजसरी दैनिक करिब डेढ हजार युवा विदेसिनु पर्दैनथ्यो। अर्थतन्त्र चलायमान बनाउन मद्दत गरे पनि विप्रेषणबाट प्राप्त खबर्ौं रकम प्रायः अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। विलासिताका सामान खरिद गर्नुमा वैदेशिक रोजगारीमा गएका अधिकांश नागरिकको ध्यान केन्द्रित भएको देखिएको छ। यसले पुँजी निर्माण तथा रोजगारी वृद्धिमा अपेक्षित सहयोग पुर्यारउन सकेको छैन। यसकारण पनि सरकारले पुँजीगत खर्चलाई सहज बनाउँदै त्यसको प्रयोगमा ध्यान दिन जरुरी छ। कतिपय सवालमा पुँजीगत खर्चका निम्ति मौजुदा नियम–कानुन पनि बाधक रहेको देखिन्छ। कम्तीमा पनि सशस्त्र द्वन्द्व, भूकम्पजस्ता विपत्तिले नष्ट गरेका संरचना पुनर्निर्माण गर्न सरकार क्रियाशील हुन र त्यसका निम्ति छुट्ट्याइएको बजेट खर्च गर्न तदारुकता देखाउन अत्यावश्यक छ। 

साभार : नागरिक न्यूज 


शुक्रवार, २०७२ मंसिर २४ गते ०१:५२ / Friday, Dec 11, 2015 1:52 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साभार
1.   लाजमर्दो विकास खर्च
2.   अनिस खालिङ्को लागि महासंघ क्यालीफोर्नियाबाट ९ लाख रुपैया हस्ताण्तरण
3.   Tourism master plan in Baglung
4.   Ilam makes more then 3 billion in milk production
5.   पहिलो त्रैमासिकमा सिद्धार्थ बैंकको मुनाफा १० करोड ५६ लाख
6.   टेलिकमले सप्ताहन्तमा छुट दिने
7.   प्रभुको पास योजनामा तामाङलाई कार
8.   ग्लोबल आइएमई र कर्मज एण्ड ट्रस्ट बैंक गाभिने
9.   आइएमईको दशैमा एसएलसी योजना सम्पन्न
10.   रेमिटर्स एसोसिएसनद्धारा बाढीपीडितलाई सहयोग
11.   मेगा र प्लासिड एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता
12.   विओकेको १९ औ बार्षिक साधारणसभा सम्पन्न
13.   मिर्गौला पीडित संचारकर्मीलाई मेगाको सहयोग
14.   सनराइज बैंक लगनखेलमा
15.   श्रमिकले पठाएको रेमिट्यान्सले राम्रो भएको हाम्रो दशै
16.   हातमा पैसा मुहारमा खुशी
17.   सनराइज बैंकद्धारा बालबालिकालाई सहयोग
18.   धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो
19.   हिमालयन बैंकको ‘हिमाल रेमिट दशैं यात्रा’
20.   बीओकेको ‘बीओके चेतनशील युवा बचत योजना’
21.   सिद्धार्थ डेभलपमेण्ट बैंक र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स सम्झौता
22.   नविल बैंकमा खाता अब अनलाइन बाट
23.   राष्ट्र बैंकद्वारा नयाँ नोट वितरण
24.   बेष्ट रेमिट र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता
25.   बेष्ट रेमिट र जनताबैंकबीच रेमिट्यान्स सम्झौता
Results 34: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.