मंगलवार, कार्तिक ०६ गते, २०७५
Tuesday, October 23, 2018
विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ?

विश्व क्रिकेटकै पावर हाउस मानिने दक्षिण एसियाका चार टीममध्ये भारत मात्र अन्तिम चारमा उक्लियो । बाँकि तीन टीम श्रीलंका, पाकिस्तान र बंगलादेश भने तासको पत्ताझै एकपछि अर्को गरेर क्वार्टर फाइनलमै ढले । यसरी विश्वमै सबैभन्दा धेरै क्रिकेटप्रेमी रहेको दक्षिण एसियाका क्रिकेटप्रेमीलाई खासगरी श्रीलंका र पाकिस्तानले निराश पारेपछि उनीहरुको आशा एवं भरोसा भारतीय टीममा अडेको छ । 
क्रिकेटको जननी मानिने इंग्ल्याण्डलाई अन्तिम आठमै पुग्न नदिएर बाटो छेक्ने बंगलादेश क्वार्टर फाइनलमा भारतसँग जुध्न आइपुग्यो । प्रतियोगितामै अविजित रहेको भारतले बंगलादेशलाई सजिलै पाखा मात्र लगाएन, २००७ को विश्व कपको लिग राउन्डमै भारतलाई हराएर नकआउट चरणमा पुग्नबाट रोकेको बदला पनि लियो । 
भारतले बनाएको ३०२ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश पूरै इनिंग नै खेल्न सकेन । ४५.५ ओभर क्रिजमा टिक्दा १९३ रन बनायो र १०९ रनको ठूलो अन्तरले हार्यो । यो परिणाम अपवाद थिए, सामान्य थियो । बंगलादेश लिगचरणबाट मुस्किलले उक्लिएको थियो भने डिफेन्डिंग च्याम्पियन भारत कुनै पनि खेल नहारी अविजित यात्रामा थियो ।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल अलि बढी नै नाटकीय रह्यो । प्रतियोगितामा लगातार चार सतक जडेर इतिहास बनाएको भेटन कुरमार सांगकाराको टीमले ३७.२ ओभर खेलेर १३३ रन मात्र बनाउन सक्यो । जवाफमा अभागी सावित हुदैआएको दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १८ ओभरमै लक्ष्य भेट्यो ।
अष्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो क्वार्टर फाइनलमा पाकिस्तान अन्तिम बल खेल्नै नपाई २१३ रनमा समेटियो । जवाफी ब्याटिंग गर्न क्रिजमा उत्रेको अष्ट्रेलियाले ३३.५ ओभरमै २१६ रन बनाएर ६ विकेटको जीत निकाल्यो । यो जीतसँगै पाकिस्तानले सिड्नीमा मार्च २६ मा भारतसँग सेमिफाइनलमा आम्नेसाम्ने हुने मौका गुमायो भने भारतलाई अष्ट्रेलिया गतिलो प्रतिस्पर्धी मिल्यो ।
चौथों क्वार्टर फाइनल मुस्किलले नकआउट चरणमा पुगेको वेष्ट इन्डिजलाइ  आफ्नो समूहमा अविजित रहेको न्युजिल्याण्डले १४३ रनकाे भारी अन्तरले पराजीत गर्याे । पहिले ब्याटिङ  गरेकाे न्युजिल्याण्डले गुप्टिलकाे २३७ रनसिहत ३९३ रन बनायाे । जवाफी ब्याटिङ गर्न अाएकाे वेष्ट इन्डिज २५० रन बनाउँदै ३०.३ अाेभरमै अलअाउट भयाे ।  
यसरी साताै पटक सेमीफाइनलमा पुगेकाे  न्युजिल्याण्डले दक्षिण अफ्रिकासँग अाफ्नै गृहमैदान अकल्याण्डमा पहिलाे  सेमिफाइनल खेल्याे । वर्षाले ४३ अाेभरमा छाेट्याइएकाे खेलमा दक्षिण अफ्रिकाले दिएकाे २९३ रनकाे लक्ष्य एक बल बाँकि हुँदै हासिल गरेर अाफूलाइ भाग्यमानी साबित गर्याे  भने दक्षिण अफ्रिका पुनः एकपटक अभागी टिम साबित भयाे ।
अब न्युजिल्याण्डले सिड्नीमा हुने दोस्रो सेमिफाइनलको बिजेता भारत वा अष्ट्रेलियासँग मार्च २९ मा मेलबर्नमा फाइनल प्रतिस्पर्धा गर्नेछ । 
क्रिकेट पण्डितहरुले यो प्रतिस्पर्धा आयोजकद्वय अष्ट्रेलिया र न्युजिल्याण्डबीच हुने भने पनि प्रतियोगितामा अविजित यात्रा गरिरहेको डिफेन्डिंग च्याम्पियन भारतको च्याम्पियन हुने सम्भावना पनि बढ्दो छ । 
लिग चरणमा अष्ट्रेलिया  र न्युजिल्याण्ड एउटै समूहमा परेर एक पटक आम्नेसाम्ने हुँदा न्युजिल्याण्डले अष्ट्रेलिया लाई पराजित गरिसकेको छ । भारत भने अर्को समूहबाट अविजित रहेर सेमीफाइनल यात्रा तय गरेको हो ।
सामान्यतः नेपालीले अन्य मुद्दाहरुमा भारतको समर्थन नगरे पनि  क्रिकेटप्रेमीको ठूलो समर्थन भने भारतको पक्षमा रहने गरेको छ । र, दक्षिण एसियाबाट भारतबाट बचेको अवस्थामा स्वभावतः नेपालीको आशा र विश्वास पनि भारतमै टिकेको छ ।
भारत फाइनलसम्म पुग्छ कि अष्ट्रेलियाले सेमीफाइनलमै बाटो छेक्छ, त्यसका लागि मार्च २६ सम्म पर्खनुपर्ने हुन्छ । त्यसमा जीत हात लागे डिफेन्डिंग च्याम्पियन भारत मार्च २९ मा आफ्नो उपाधि रक्षाका लागि मेलबर्न क्रिकेट मैदानमा न्युजिल्याण्डसँग अाम्नेसाम्ने हुनेछ । 
 


शुक्रवार, २०७१ चैत्र ०६ गते २१:३६ / Friday, Mar 20, 2015 9:36 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: दस्तावेज
1.   बाह्रबुँदेमा मैले शंकै गरिनँ
2.   म्याच फिक्सिङ आरोपमा ५ खेलाडी
3.   अस्ट्रेलिया पाँचाै पटक विश्वविजेता
4.   अष्ट्रेलिया र न्युजिल्याण्डबीच फाइनल
5.   विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ?
6.   सम्भावनाको खोजीमा महिला क्रिकेट
7.   नेपालि क्रिकेटका प्रशिक्षक पुवुदु क्यानाडा फर्कदै
8.   बर्खास्त गर्ने मन्त्रीको निर्णयविरुद्द अदालत जान्छु : युवराज लामा
9.   दबाबमा खेल्दा प्रदर्शनमा असर
10.   विश्वकप १०० दिन बाँकी, ब्राजिललाई भ्याइनभ्याइ
11.   Hong Kong thrashes Nepal by 10 wickets
12.   मनाङ दुई अंकले अगाडि
13.   APF defeats Region no. 6
14.   Moyes rues decisions as United lose again
15.   APF book semi-final berth with Baitadi win
16.   जितले मनाङ र हिमालयन अघिपछि
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.