मंगलवार, चैत्र १८ गते, २०७६
Tuesday, March 31, 2020
श्रेय बाबालाई दिन चाहन्छु-पार्वती राई
मोडेल/कलाकार

प्रशान  एलुङ् राई 
meetprashan@gmail.com
 
सानै उमेरदेखि नृत्यमा बिशेष अभिरुची राख्दै आएकी पार्वती राई हाल नेपालकी चर्चित एवं लोकप्रिय मोडेल हुन् । राजु गुरुङ्ग र मुना थापा मगरद्धारा स्वरबद्द “हेर्छौ ओठ टोकी...” बोलको दोहोरी गीतबाट मोडलिङ् यात्रा शूरु गरेकी उनले  हाल सम्म तीन सय भन्दा बढि म्यूजिक भिडियोहरुमा मोडेलको रुपमा काम गरिसकेकीछन् । पेशागत रुपमा चार बर्ष अघिदेखि यस क्षेत्रमा आएकी उनी लोक-दोहोरी गीतमा चलेका मोडेलहरु मध्येको अग्रपंक्तिमा आउँछिन् । 

तीन/चार बर्षको उमेरबाटै नाँच्न थालेकी पार्वती राईले विद्यालयस्तरमा आयोजना हुने विविध् सांस्कृतिक कार्यक्रमहरुमा नछुटाई भाग लिने गर्थिन् । यसको अवला उनले विभिन्न संघ/संस्थाले आयोजना गर्ने नृत्य सम्बन्धी प्रतियोगितात्मक कार्यक्रमहरुमा नबिराई सहभागीता जनाउने गर्दथिन् । नृत्यप्रति छोरीको लगाव र तीब्र इच्छा देखेर उनका बाबा (भक्त बहादुर राई) ले उनलाई नृत्य सम्बन्धी औपचारिक ज्ञानको लागि नृत्य प्रशिक्षण केन्द्रमा भर्ना गराईदिए । बाल्यकालको स्मरण गर्दै पार्वती अगाडि भन्छिन्–“मेरो बाबा आफु नाच्नु  हुन्न तर मेरो नृत्य कलालाई वहाँले जहिले पनि प्रोत्साहन गर्नु हन्छ । मैले आजसम्ममा जे जति गर्न सके यसको श्रेय मेरो श्रद्देय बाबालाई दिन चाहन्छु ।”

नृत्यकलासँगै पढाईमा पनि उनी अब्बल थिईन् । यसैकारण उनले पढाई र नृत्यलाईसँगै समायोजन गर्दै अगाडि बढेकिछन् । बिभिन्न प्रतियोगिताहरुमा भाग लिने क्रममा उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने “छम्छमी” नामक रियालिटी शोमा उत्कृष्ट पाचौंसम्म पुगेपछि भने उनको नृत्यकलाले अझ व्यापकता पायो । यससँगै उनले चौतर्फी चर्चापरिचर्चा कमाईन् । उनको लोकप्रियता चुलिँदै गएपछि बिभिन्न गीतमा मोडेलको रुपमा अभिनय गर्ने अवसर पाईन् र आफुलाई व्यस्त मोडेलको रुपमा हाल स्थापित गराएकिछन् । 



आजको स्थानसम्म आईपुग्नलाई उनले धेरै संघर्ष गरेकिछन् । आफुले अहिले पाएको सफलता त्यत्ति सजिलो रुपले नपाएको बताउँने राईले जीवनमा आईपर्ने सुख दुःख, हाँसो खुसी र उकाली ओराली नियमित प्रक्रिया रहेको बताउँछिन् । “भगवानले मलाई यहि क्षेत्रमा कर्म गर्नको लागि पठाउनु भएको छ, मैले जस्तो सुकै परिस्थितिमा पनि यहि क्षेत्रमा इमान्दार भएर काम गर्नु पर्छ” । आफ्नो कर्म क्षेत्रप्रति सन्तुष्टि पोखाउँदै उनी अगाडि थप्छिन्–“यो क्षेत्रमा मैले अझ धेरै गर्नु छ । नेपाली कला र संस्कृतिको क्षेत्रमा मैले पनि केहि योगदान दिन सके त्यहि सर्वस्व ठान्नेछु ।”



बिभिन्न लोक, आधुनिक एवं पपगीतहरुमा अभिनय गरेर लोकप्रिय मोडेलको रुपमा स्थापित पार्वती राईले “मेरो जीवनसाथी” र “हमजाइगा” नामक चलचित्रमा समेत अभिनय गरेकीछन् । सर्पोटिङ्ग आर्टिस्टको रुपमा अभिनय गरेकी “मेरो जीवनसाथी” प्रर्दशनमा आईसकेको चलचित्र हो भने “हामजाइगा” प्रर्दशनको क्रममा रहेको छ । मोडलिङ्ग र चलचित्रसँगै उनले देशका बिभिन्न ठाउँमा आयोजना हुने महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने गर्छिन् । यससँगै उनले हालसम्म कतार, दुबई, हङ्गकङ्ग, कोरिया, बहराईन, अमेरिका लगायतका बिभिन्न देशमा आफ्नो नृत्यकला प्रर्दशन गरिसकेकीछन् । 

व्यस्तता बढेसँगै उनी यस क्षेत्रमा सन्तुष्टि रहेको बताउँछिन् । मोडलिङ्ग, चलचित्र र कार्यक्रमबाट उनले राम्रै आम्दानी गर्छिन । उनी भन्छिन्–“ मान्छेलाई जत्तिले पनि पुग्दैन । यत्ति हो, घरखर्चको लागि केहि हिस्सा मैले पनि सम्हाल्न पाएकोछु । छोरी भएर पनि छोराको कर्तव्य निभाउन पाएकी छु ।” उनी थप्छिन्–“सायद यसैले होला, बाबाले मलाई छोरी होइन, छोरा हो भन्नु हुन्छ ।” 



प्रेम र विवाहलाई समयभावका कारण खासै महत्व नदिएकी राईले यस क्षेत्रमा धेरै गर्न बाँकी रहेको बताउँछिन् । उनले हालसम्म आफुले चाहेको जस्तो जोडी नजुरेको र समय पनि नभएकोले कसैसँग प्रेम सम्बन्ध नरहेको समेत खुलासा गरिन् । आफु ग्लायमर क्षेत्रमा रहेको कारण मन पराउनेहरु प्रशस्तै भए पनि अझै ५/६ बर्ष विवाह गर्ने सूर नरहेको समेत बताईन् ।

छोटो समयमा दर्शक र प्रशंसकहरुले दिएको माया र साथ प्रति नतमस्तक हुने गरेकी पार्वती राईको ईच्छा भने यसै क्षेत्रमा केहि गर्ने रहेको छ । “मलाई जीवनमा यसै क्षेत्रले नाम, काम र दाम सबै दिलाएको छ” उनी अगाडि थप्छिन्–“जीवनमा धेरै पैशा कमाए भने नृत्य सम्बन्धी एउटा राम्रो नृत्यशाला खोल्ने धोको छ, हेरौं भविष्यमा के हुन्छ ?

अमेरिका कहिले र के को सिलसिलमा आउनु भयो ?
– अगस्ट २८ मा म लगायत नेपालका अन्य कलाकारहरुको साथमा मेघा कन्सर्टको लागि आएकी हुँ । यो मेरो पहिलो पल्ट पनि हो ।

कस्तो लाग्यो त अमेरिका ?
– अत्यन्तै राम्रो लाग्यो । अमेरिकाको आपैmमा ठूलो रहेछ । यसैले सबै ठाउँमा जाने समय मिलेन । जो जत्तिलाई भेटे सबै आफ्नै परिवारलाई भेटे जस्तो लाग्यो । धेरै समय छुट्टिएर भेटेको अनुभव भयो ।

बिशेष के राम्रो लाग्यो अमेरिकाको ?
– अमेरिका जस्तो ठाउँमा आएर पनि नेपाली कला र संस्कृतिको लागि माया गर्ने दर्शक र श्रोता प्रशस्तै देखें÷भेटे । सबै जना आ–आफ्नो काममा व्यस्त भए पनि फुर्सदको समयमा देश र देशको बारेमा चिन्ता गर्नेहरु धेरै पाए । 

अमेरिकामा कार्यक्रम कति ठाउँमा गर्नु भयो ?
– मैले चाँहि अहिले सम्म बाल्टिमोर र एटलान्टामा कार्यक्रम प्रस्तुत गरे । आउने सेप्टेम्बर २७ मा न्युयोर्कमा मुख्य कार्यक्रम छ । 

एउटै ग्रुपमा आएर कार्यक्रमको लागि कलाकारहरु बिभिन्न राज्यमा बाँडिनु भएको छ नि यसो किन भएको हो ?
– हाम्रो ठूलो ग्रुप छ । सबै आयोजकहरुलाई खर्चको हिसाबले महँगो पर्न आउँछ यसकारण हुन सक्छ ।

सेप्टेम्बर २७ को तयारी कस्तो छ ?
ठीकै । मैले प्रस्तुत गर्ने भनेको नृत्य हो । २७ तारिख केहि फास्ट आईटमसँगै दोहोरी र आधुनिक गीतमा नृत्य प्रस्तुत गर्दैछु ।

त्यसपछिको योजना ?
– कार्यक्रम सकिए लगतै हामी २८ सेप्टेम्बरमा नेपाल फर्कन्छौं ।

ग्रीनकार्ड लिएर यतै बस्ने विचार छैन ?
छैन । नेपालमा धेरै शुटिङ्ग, महोत्सव र बिदेशका बिभिन्न कार्यक्रमहरु छोडेर यता आएकी हुँ म पनि । यसैले अहिलेलाई यसबारे सोचेकी छैन । 

 (उनीद्वारा अभिनित पछिल्लो लोक दोहोरीको म्यूजिक भिडियो )


शनिवार, २०७१ आश्विन १० गते ०३:५८ / Saturday, Sep 27, 2014 3:58 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
151.   मुस्ताङ्ग किदुग अमेरिकाको अध्यक्षमा सोनाम लामा पुनः निर्वाचित
152.   अमेरिकाको न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन
153.   नेपाल-अमेरिका कलाकार संघको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
154.   एनआरएन अमेरिकाको आयोजनामा न्युयोर्कमा पत्रकार भेटघाट
155.   नेपाली जनसम्पर्क समिति, अमेरिकाको अध्यक्ष पदमा बिष्टको उम्मेदवारी
156.   न्युयोर्कमा तीन विश्व साईकल यात्रीहरुलाई एनआरएन अमेरिकाबाट सम्मान
157.   कियाचु अमेरिकाद्धारा न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम
158.   अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा एनआरएन दिवस मनाइयो
159.   न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता
160.   न्यूयोर्कको मालिङ्गोमा भोजपुरेहरुको बृहत भेला सम्पन्न
161.   न्युयोर्कमा ७७ जनाले रक्तदान गरे
162.   प्रधानमन्त्री कोईरालाद्धारा निर्माणाधीन संविधानमा शंका नगर्न आग्रह
163.   श्रेय बाबालाई दिन चाहन्छु-पार्वती राई
164.   न्युयोर्कमा तुलसी घिमिरे निर्देशित दृष्टिकोण अक्टोबर ४ मा प्रर्दशन हुँदै
165.   एनआरएन अमेरिकाको अध्यक्ष पदमा खगेन्द्र क्षेत्री विजयी,
166.   एनआरएन अमेरिकाको निर्वाचनमा ७४ दशमलव ६ प्रतिशत मतदान
167.   एनआरएन अमेरिकाको मतदानमा ६६ दशमलव ९ प्रतिशत खस्यो
168.   मगर संघ अमेरिकाको दशौं बर्षगाँठमा लोक-दोहोरी भिडन्त
169.   न्युयोर्कमा डम्फू साँझको छैठौं संस्करण भव्य रुपमा सम्पन्न
170.   न्युयोर्कमा नोटरी पब्लिक संचालन, ९ जनालाई सेवा प्रदान
171.   कसले बनाउँदैछ प्यानल ?
172.   एनआरएन अमेरिकाको मतदान समय बढ्यो, शुक्रबार सम्ममा ३७ प्रतिशत मत खस्यो
173.   एनआरएन अमेरिकाको निर्वाचनमा मत सहजकेन्द्र,
174.   एनआरएन अमेरिकाको निर्वाचनमा मतदान गर्ने तरिका
175.   मृगौला पीडित राजु खड्का सहयोगार्थ चिठ्ठा खोलियो
Results 233: You are at page 7 of 10
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.