बुधवार, भाद्र ०४ गते, २०७६
Wednesday, August 21, 2019
न्यूयोर्कमा माघे सक्रान्ति धुमधाम (फोटो फिचर सहित )
मृगौला पीडित सीता थापाको सहयोर्ग ६ सय सन्तउन्न डलर संकलन

प्रशान एलुङ् राई 
जनवरी–२१

न्यूयोर्क – मगर समुदायले अमेरिकाको न्यूयोर्कमा बिशेष कार्यक्रमको आयोजना गरी माघे सक्रान्ति भव्य रुपमा मनाए । न्यूयोर्कको कुईन्सस्थित शेर्पा किदुगको भवनमा हिजो सम्पन्न उक्त कार्यक्रममा न्यूयोर्क लगायत आसपासका राज्यबाट मगर समुदायको उल्लेख्य सहभागिता रहेको थियो । माघे सक्रान्तिलाई मगर समुदायले बिशेष पर्वको रुपमा  मान्ने प्रचलन रहेको छ । 
       कार्यक्रममा मगर संघ अमेरिकाका सल्लाहाकार एवं पत्रकार प्रदीप थापा मगरले माघे सक्रान्तिको  मौलिक एवं ऐतिहासिक महत्व र मगर जातिको सम्बन्ध बारेमा चर्चा गरेका थिए । प्रवासमा रहेर पनि आफ्नो परम्परा र संस्कृतिको संरक्षणार्थ यस्ता पर्वहरुको सामुहिक आयोजना हुनु आपैmमा गर्विलो सत्य रहेको बताउँदै उनले माघे सक्रान्तिमा बिशेष रुपमा प्रचलित बिभिन्न खाद्य सामाग्री र फलफुलको बिषयमा समेत प्रकास पारे । कार्यक्रममा संघका महासचिव मान बहादुर रानामगरले माघे सक्रान्तिलाई अमेरिकामा रहेका मगर समुदायले प्रत्येक बर्ष बिभिन्न ठाउँमा बिशेष रुपमा मनाउँदै आएको बताए । यस अघि संस्थाको आयोजनामा अमेरिकाकै क्यालीफोर्निया र बाल्टिमोरमा माघे सक्रान्ति पर्व भव्य रुपमा सम्पन्न भईसकेको छ । यसै गरी आगामी २५ तारिख न्यू जर्सी राज्यमा पनि यस पर्वलाई भव्य रुपमा मनाउने तयारी भईरहेको रानामगरले बताए ।

Singer Jagadish Samal Performing Song

      कार्यक्रममा मगर समुदायको अलवा अन्य समुदायका प्रतिनिधी, सामाजिक अगुवा एवं पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । सोहि कार्यक्रममा जगदीश समाल, सुमनबुढा मगर, राजेश थापा र निशा सुनारले बिभिन्न आधुनिक एवं लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । यता तर्पm तारा देबी चिडी र रुकु रानाले मगरहरुको मौलिक गीत सालेजो भाकामा आर्कषक नृत्य प्रस्तुत गरेका थिए भने कलाकार यशोदा खालिङ् राईले एक गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । 



मृगौला पीडित सीता थापाको सहयोर्ग ६ सय सन्तउन्न डलर संकलन 
        कार्यक्रममा पाल्पा जिल्लाको फोक्सिङ्ग–१, आर्यभञ्ज्याङ्गकी  १९ बर्षिय मृगौला पीडित सीता सिंजाली थापा मगरको सहयोगार्थ ६ सय सन्तउन्न डलर समेत संकलन भएको थियो । पीडित थापामगरको दुवै मृगौलाले पूर्ण रुपमा काम गर्न नसकेको र आर्थिक स्थिति नाजुक रहेको कारण उपचारको लागि विभिन्न ठाउँ र माध्यमबाट सहयोग रकम संकलन गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।  कार्यक्रममा पीडितको बारेमा निमार्ण गरिएको साढे तीन मिनेटको भिडियो समेत प्रर्दशन गरिएको थियो । संकलित रकमलाई यथाशिघ्र पीडित परिवार समक्ष पुर्याउने  संघका महासचिव मान बहादुर रानामगरले प्रेस चौतारी डटकमलाई बताए । 


Sita Thapa
सीता सिंजाली मगरको भिडियो तल हेर्नुहोस 
 


कार्यक्रमको शब्दचित्र यस्तो थियो । (अनौपचारिक)
        शेर्पा किदुग भवन भित्रको सभाकक्ष । महिला र पुरुषहरुको उपस्थिती लगभग बराबर । मगर समुदायको मौलिक एवं परम्परागत भेषभुषा  (पुरुषहरुले लगाउने भोटो र कछाड, गादा, यसैगरी महिलाहरु लगाउने हमेल, छिट्को गुन्यु, घलेक, पटुकी र ढाकाको पछौरा) लाउने र नलाउनेहरु सरोबरी । मौलिक खानेकुराहरुमा तरुल, सक्खरखण्ड, सेलरोटी, अचार, बिभिन्न गेडागुडी र अन्य खाद्य सामाग्रीबीच आगन्तुकहरुलाई स्वागत एवं सत्कार ।


         
         कार्यक्रमको पहिलो खण्डमा केहि मन्तव्यसँगैको औपचारिकताको बिधि समाप्ती पछि साँस्कृतिक कार्यक्रमको लागि गायक एवं कार्यक्रम सञ्चालक राजेश थापा मञ्चमाथि उक्लिए । रोचक शैलीमा सबैलाई स्वागत सत्कार गर्दै उनले गायनको लागि नेपाली आधुनिक सुगम संगीतका बहुचर्चित गायक जगदीश समाललाई मञ्चमा निम्ताए । थकित जस्तो देखिएका गायक समाल मञ्चमाथि उक्लिन नपाउँदै अनुहारको मुद्रामा परिवर्तन देखियो । सायद मञ्च र दर्शक दिर्घाको सम्मानमा कलाकारले आफ्नो पीर र थकान निमेषभरमा भुल्न सक्छन् जगदीशले पनि त्यसै गरे र गीत मार्पmत मगर समुदायैकै बहुचर्चित गायक स्वर्गिय अरुण थापाको कालजयी गीत गाए । 



 "जत्ति माया लाए पनि, 
 जत्ति कसम खाए पनि,
 निष्ठिुरीले बाटो लाग्दा
 आँखा तरी गए पछि...।"
त्यसपछि उनले आफ्नै सेलो भाकाको गीत प्रस्तुत गरे । दर्शकदिर्घाले उनलाई नाचेरै साथ दिए । गीत सकियो, दर्शक भन्दै थिए–“वान्स मोर” ।
जगदीश समालको पछिल्लो गायनले मञ्च नजिक नाँच्नेहरुको भीड बढ्दै गयो । अर्को  गीत प्रस्तुतीको लागि कार्यक्रम सञ्चालक राजेश थापाले चर्चित  एवं लोकप्रिय लोक–दोहोरी गायक सुमन बुढामगरको नाम लिए । सहभागीको ताली बररर.. बज्यो । सुमन र राजेशले एउटा पुरानो लोकगीत सँगै गाए -
 
“किन नानी नलिएको जोबन दिदाँ खेरी
मै बुढो नि भए तन्नेरी”



गीत सकियो । दर्शकदिर्घा झन रौसिए । लगतै तारा देवी चिडी मगर र रुकु राना मगरले “भने जस्तो सान्नानीलाई बाटैमा भेटियो” बोलको गीतमा आर्कषर्क नृत्य प्रस्तुत गरेर मगर बस्तीको सुदुर गाउँहरुमा नाचिने कौडा भाका/नाँचको याद दिलाए । 
गीत पछि पुनः लोकदोहोरी गायक सुमन बुढा मगर मञ्चमा देखिए र आफ्नो चर्चित कौडा भाका गाए । “नानीले दिएको रुमाल त्यो खस्यो हरायो” बोलको कौडा गीत गाए लगतै उनीसँगै गाउँन उक्लिए कार्यक्रमका सञ्चालक एवं लोकप्रिय लोकगायक राजेश थापा । राजेशले तुक्का झिके र दुवैले गाए-
 “सबको घरमा छाओस् शान्ति
नाँची नाँची मनाऔ. यो सक्रान्ति”
“क्याम्पस पढ्न आउने...” बोलको गीतमा दोहोरी गीत प्रस्तुत गरेपछि मञ्चमा देखा परिन कलाकार यशोदा खालिङ राई । उनको आकर्षक नृत्य पश्चात् भने भर्खर नेपालबाट अमेरिका आईपुगेकी चर्चित लोक–दोहोरी गायिका निशा सुनार दोहोरीको लागि तयार भईन । पाँच बर्ष अगाडि अमेरिका भ्रमणमा आउँदा निशासँग दोहोरी गाएको स्मरण गर्दै  दोहोरी एक टुक्का निशा तिर राजेशले फ्याँके–
“यही हो मेरो सबैले मान
ठिटा आइदेऊ निशालाई लैजान”



दोहोरी गायनमा देश बिदेशमा अत्यन्त रुचाएकी निशा पनि के कम उनले पनि दोहोरीमै यसरी सवाल जवाफ फर्काइन् । 
“मैले माया त्यत्तिकै ला होइन
 पोइला जान पाम भन्दा आ होइन”
यी बाहेक कार्यक्रममा  निशा सुनार, सुमन बुढामगर र राजेश थापाले अन्य विभिन्न लोक–दोहोरी गाएर दर्शक दिर्घालाई भरपुर मनोरञ्जन प्रदान गरे । 
कार्यक्रमको मध्य खण्डमा न्यूयोर्कमा नृत्य सम्बन्धि प्रशिक्षण केन्द्र नै स्थापना गरेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका नृत्य निर्देशकद्धय बिजय नकर्मी र धरमबीर लामाको जोडी नृत्य आर्कषणको केन्द्र जस्तै बनेको थियो । 



अन्तमा डिजे जाङ्बुको साढे एक घण्टाको निरन्तर डिजेइङ्गबाट पनि सामुहिक नृत्यको भोक र तिर्खा नमेटाएका दर्शकहरु अन्तिम समय सम्म भन्दै थिए –“लास्ट वन प्लिज”
चार पल्ट सम्म अन्तिम गीत भन्दै गीत प्रस्तुत गर्दै आएका डिजे जाङ्बोलाई कार्यक्रम सञ्चालक राजेश थापाले ईशारा गरे र भने–“अब पुग्यो”
अघिसम्मको अध्याँरो हल पुरै उज्यालो भयो ।
लाग्यो छुट्ने बेला भएछ । 

 
 



 


मंगलवार, २०७० माघ ०७ गते १२:४२ / Tuesday, Jan 21, 2014 12:42 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.