यो जित कसको ?यूनाईटेड शेर्पा एशोसिएसन (शेर्पा किदुग)को आयोजनामा गत अगस्ट २९ तारीखको दिन न्युयोर्कस्थित कुईन्स बोरो बृज पार्कमा बिभिन्न खेलकुद कार्यक्रमको आयोजना सम्पन्न भयो / कार्यक्रममा पुरुष भलिबल र फुटबल प्रतियोगिता लगायतका प्रतियोगितात्मक खेलहरु सम्पन्न भएको थियो/ पुरुष भलिबल तर्फ आयोजक संस्था यूनाईटेड शेर्पा एशोसियसन( शेर्पा किदुग)र फुटबल तर्फ न्युयोर्क ग्यालसुन्दोले प्रथम स्थान हासिल गरेका थिए/ August 29, 2010- Photo by: Shaan/ New York
हुस गुरु...न्युयोर्क, ज्याकसन हाईटमा बिगत ३ बर्ष अघिदेखि सञ्चालनमा रहेको इन्टरनेशनल मार्सल आर्ट्समा सोतोकन करांते प्रशिक्षण लिई रहेका प्रशिक्षार्थीहरु/ यस प्रशिक्षण केन्द्रमा ३० जना प्रशिक्षार्थीहरुले हप्ताको ६ दिन नियमित रुपमा २ घण्टा प्रशिक्षण लिने गरेका छन/ अधिकांश नेपालीको अलवा बिदेशी प्रशिक्षार्थीहरु नियमित अभ्यासको निम्ति आइरहेको कुरा केन्द्रका संचालक एवं प्रशिक्षक शान्त थोकर (४ डान)बताउछ्न/
27 August 2010- Photo by: Shaan/ New York
अब जगदीशले नि सागरमाथामा गाउने
युवा पुस्ताका चर्चित एवं लोकप्रिय गायक जगदीस समालले अब न्युयोर्क, ज्याकसन हाईटस्थित सगरमाथा रेस्टूरेन्टमा गीत गाउने भएका छन/ समालले यही अगस्ट २७ तारीख शुक्रबार देखि बिभिन्न नेपाली एवं हिन्दी गीतहरु प्रस्तुत गर्नेछ्न/ नेपाली आधुनिक गीत एवं गजल गायनमा आफ्नो अलग पहिचान बनाई सकेका समालका "लहर", "बुलबुल" र "जस" नामक एकल गीति एलवम बजारमा प्रकाशित भईसकेका छन भने सयौको संख्यामा अन्य गीतहरु रेकर्ड गराईसकेका छन/
August 25, 2010- Photo by: Shaan/ New York
कुईन्स बृजपार्कमा च्याब्रुंग
किरात याक्थुंग चुम्लुंग, अमेरिकाको आयोजनामा आज न्युयोर्कस्थित कुईन्स बृजपार्कमा एक बिशेष कार्यक्रमको आयोजना गरियो/ कार्यक्रममा म्यूजिकल चेयर, छेलो प्रतियोगिता, घईटो फुटाई, बिंगो प्रतियोगिता लगायत बिभिन्न मनोरंजनात्मक कार्यक्रमको साथमा लिम्बु जातिहरुको बिशेष महत्वको परम्परागत ढोल नाँच समेत प्रदर्शन गरिएको थियो/
August, 22, 2010- Photo by: Shaan/ New York
न्यूयोर्कमा स्व. नेता राईको ४५ औ तिथिमा श्रद्दांजली सभा नेपाली जनसंपर्क समिति, अमेरिकाले हिजो अगस्ट १५ तारीखको दिन न्युयोर्कमा नेपाली कांग्रेसका
नेता स्व. बल बहादुर राईको ४५ औ पुन्य तिथिमा एक श्रद्दांजली सभाको आयोजना गर्यो/ नेपाली जनसंपर्क समिति न्युयोर्क च्याप्टरका अध्यक्ष कृष्ण पोखरेलको सभापतित्वमा संपन्न उक्त शोक सभामा स्व. नेता राई प्रति भाव पूर्ण श्रद्दांजली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो/ यसै गरी सोही शोक सभामा केही दिन अघि हृदयघातका कारण दिवंगत भएका सूर्य मणि गुरुंगप्रति श्रद्दांजली स्वरुप एक मिनेट मौन धारण गरिएको थियो/ August 15- Photo by: Shaan / New York
|